June 14, 2024

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीको विश्वकप यात्रा आजबाट सुरु हुँदैछ। आइसीसी टि-२० विश्वकपमा दोस्रो पटक सहभागी भइरहेको नेपालले यस विश्वकपको पहिलो खेल आज खेल्नेछ।

आज राति नेपालको भेट नेदरल्यान्ड्ससंग हुनेछ। नेपाल र नेदरल्यान्ड्स बीचको खेल अमेरिकाको ग्रान्ड प्रेरी स्टेडियममा मंगलबार राति ९ बजेर १५ मिनेटमा सुरु हुनेछ।

नेपाल पहिलो खेलमै जित निकाल्दै अगाडी बढ्ने योजनामा हुनेछ। धेरै कठिन समूहमा रहेको नेपालले अन्य बलिया टोलीहरु विरुद्ध मैदानमा उत्रनु अगाडी नेदरल्यान्ड्सलाई पराजित गरेर मनोबल उच्च बनाउन सक्छ।

हेड टु हेडमा को अगाडी ?

टि-२० क्रिकेटमा नेपाल र नेदरल्यान्ड्स अहिले सम्म १२ पटक आमने-सामने भएका छन्। जसमा बढी खेल नेदरल्यान्ड्सले जितेको छ। नेदरल्यान्ड्सले नेपाल विरुद्धका ६ खेल जितेको छ।

त्यस्तै नेपालले नेदरल्यान्ड्स विरुद्ध ५ टि २० खेल जितेको छ। त्यस्तै नेपाल र नेदरल्यान्ड्स बीचको एक खेल भने स्थगित भएको रेकर्ड छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *