June 16, 2024

काठमाडौँ – आइसीसी टि२० विश्वकप २०२४ को आफ्नो पहिलो खेलमा नेपालले टस हारेको छ। आइसीसी टि-२० विश्वकपको पहिलो खेलमा नेदरल्यान्ड्स विरुद्धको खेलमा नेपालले टस हारेको हो।

टस हारेपछि नेपालले पहिला ब्याटिङको निम्तो पाएको छ। नेदरल्यान्ड्सका कप्तानले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएसंगै नेपालले ब्याटिङको निम्तो पाएको हो।

वर्षाका कारण मैदान भिजेका कारण टस ढिला भएको थियो। अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना भइरहेको विश्वकपको पहिलो खेलको रुपमा नेपाल र नेदरल्यान्ड्सले एक अर्काको सामना गर्नेछन्।

टि२०आईमा नेपालका लागि नेदरल्यान्ड्स पूरानो प्रतिद्वन्दी हो। अहिले सम्म नेपाल र नेदरल्यान्ड्स अहिले सम्म १२ पटक आमने-सामने भैसकेका छन्।

जसमा नेपालले ५ खेल र नेदरल्यान्ड्सले ६ खेल जितेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *