June 22, 2024

काठमाडौँ – आइसीसी टि२० विश्वकप २०२४ को आफ्नो पहिलो खेलमा नेपालले टस हारेको छ। आइसीसी टि-२० विश्वकपको पहिलो खेलमा नेदरल्यान्ड्स विरुद्धको खेलमा नेपालले टस हारेको हो।

टस हारेपछि नेपालले पहिला ब्याटिङको निम्तो पाएको छ। नेदरल्यान्ड्सका कप्तानले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएसंगै नेपालले ब्याटिङको निम्तो पाएको हो।

नेपालको टोली

नेपालले नेदरल्यान्ड्सको सामना गर्ने टोलीबाट सन्दीप जोरा सहित कमल सिंह ऐरी, प्रतिश जिसी र ललित राजवंशी जस्ता खेलाडीहरुलाई बाहिर राखेको छ।

नेपालले सागर ढकाललाई पहिलो रोजाईको स्पिनरको रुपमा टोलीमा समावेश गरेको छ।

रोहित पौडेल (कप्तान), आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, करण केसी, गुलसन झा, सोमपाल कामी, अविनाश बोहरा, सागर ढकाल,

बेन्च: कमलसिंह ऐरी, प्रतिश जीसी, सन्दीप जोरा, ललित राजवंशी,

Leave a Reply

Your email address will not be published. Required fields are marked *