June 16, 2024

एजेन्सी – पोर्चुगल राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले क्रोएसिया विरुद्धको मैत्रीपूर्ण खेल अगाडी क्रिस्टियानो रोनाल्डो बारे नयाँ अपडेट दिएका छन्।

युरो कप अगाडीको अन्तिम मैत्रीपूर्ण खेलमा क्रोएसिया विरुद्धको खेल अगाडी मार्टिनेजले रोनाल्डो खेल्ने नखेल्ने बारे स्पष्ट पारेका हुन्। उनका अनुसार रोनाल्डो क्रोएसिया विरुद्ध खेल्ने छैनन्।

रोनाल्डोले पोर्चुगलको टोलीसँग प्रशिक्षण गरेपनि क्रोएसिया विरुद्ध नखेल्ने मार्टिनेजको भनाई छ। उनले भने,”क्रिस्टियानो रोनाल्डोले आज प्रशिक्षण गर्न सक्छन् तर क्रोएसियासँग खेल्ने छैनन्।”

३९ वर्षीय फरवार्डले यस अगाडी फिनल्याण्ड विरुद्धको मैत्रीपूर्ण खेल पनि गुमाएका थिए। क्रिस्टियानो रोनाल्डो पोर्चुगाली पुरुष फुटबल टोलीका लागि सबै समयका सर्वाधिक गोलकर्ता हुन्।

सो खेलमा पोर्चुगलले सानदार जित दर्ता गरेको थियो। फिनल्याण्ड विरुद्ध पोर्चुगलको मैत्रीपूर्ण खेल ४-२ को जित मा समाप्त भएको थियो। रोनाल्डोको अनुपस्थितिमा रुबेन डियास, डिएगो जोटा र ब्रुनो फर्नान्डेसले गोल गरेका थिए। ब्रुनो फर्नान्डेसले दुई गोल गर्न सफल भएका थिए।

हालै साउदी अरबमा सिजन सकिएपछि रोनाल्डो आफ्नो परिवारसँग आराम र छुट्टीमा थिए। छुट्टीबाट केहि दिन अगाडी मात्रै फर्किएका कारण उनलाई क्रोएसिया नखेलाउने निर्णय प्रशिक्षकले गरेको बुझिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *