June 16, 2024

एजेन्सी – फुटबल विश्लेषक किरन गिब्सले इन्टर मियामीका कप्तान लियोनल मेस्सीको पछिल्लो मेजर सकर लिग उपस्थितिमा सेन्ट लुइस सिटी विरुद्धको कीर्तिमानी योगदान दिएपछि प्रशंसा गरेका छन्।

एट्लान्टा युनाइटेडसँगको हार पश्चात यस साता मियामीले सेन्ट लुइस सिटीको सामना गरेको थियो। सो खेलमा मियामी हारबाट जोगिँदा मेस्सीले पनि गोल गरेका थिए।

सो गोल पश्चात मेजर सकर लिगको जारी सिजनमा मेस्सीको गोल योगान संख्या २५ पुग्यो। जससंगै मेस्सीले मेजर सकर लिगमा सबै भन्दा छिटो २५ गोलको योगदान दिने खेलाडीको रेकर्ड बनाए।

मेस्सीले मात्र १२ खेलमा २५ गोलको योगदान दिएका थिए। मेस्सीले रेकर्ड बनाएपछि एक कुराकानीका क्रममा किरन गिब्सले मेस्सी रेकर्डहरु तोड्नकै लागि जन्मिएको टिप्पणी गरे।

“मलाई थाहा छैन किन हामीले केटाबाट कम अपेक्षा गरेका थियौं। मेस्सी रेकर्ड तोड्नकै लागि जन्मिएका खेलाडी हुन्। उनले विश्व फुटबलको लागि मानक सेट गरिरहेका छन्।”,गिब्सले भने।

मेस्सीले मेजर सकर लिग आवद्ध भएको छोटो समयमै राम्रो छाप पार्न सफल भएको उनको भनाई छ। मेस्सी जस्तो खेलाडीलाई मेजर सकर लिगमा हेर्न पाउँदा धेरै खुशी लागिरहेको उनको भनाई छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *