June 16, 2024

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)ले म्यानचेस्टर सिटीका अर्जेन्टिनी स्टार जुलियन अल्भारेजलाई भित्र्याउन प्रयास गर्ने भएको छ। विभिन्न खेल मिडियाहरुका अनुसार पिएसजीले अल्भारेजलाई यहि समर ट्रान्सफर विन्डोमा भित्र्याउन प्रयास गर्ने भएको हो।

पिएसजीले अल्भारेजको विषयमा चासो देखाइरहेको र खेलाडीका प्रतिनिधिहरुलाई सम्पर्क गरिरहेको युरोपबाट प्रकाशित हुने खेल मिडियाहरुले दावी गरेका छन्।

स्थानान्तरण विशेषज्ञ फाब्रिजियो रोमानोले पनि अल्भारेजलाई पिएसजीले भित्र्याउन चाहेको बताएका छन्। पिएसजीले एजेन्टसँग अल्भारेजको अवस्था बारे जानकारी लिएको उनको भनाई छ।

म्यानचेस्टर सिटी र अल्भारेज बीच सन् २०२८ सम्मका लागि सम्झौता छ। अझै चार वर्ष सम्झौता बाँकी रहेपनि अल्भारेज खेल समयको कमीका बाबजुत सिटी छाड्ने पक्षमा हुन सक्छन्।

सिटीमा अल्भारेजले कम खेल्ने समय पाइरहेका छन्। सिटी अल्भारेजलाई सहजै बिक्री गर्ने पक्षमा छैन। अल्भारेजले क्लब छाड्ने निर्णय गरेको खण्डमा भने सिटीले उनलाई उच्च मूल्यमा बिक्री गर्न सक्छ।

अल्भारेज दुई वर्षअघि मात्रै १४ मिलियन पाउण्डमा रिभर प्लेटबाट म्यानचेस्टर सिटीमा आएका थिए । उनले दुई प्रिमियर लिग उपाधि सहित छवटा प्रमुख ट्रफीहरू जितेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *