June 16, 2024

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुर बहादुर चन्द टिम डाक्टर बनेर अमेरिका उडेको खुलासा भएको छ। चन्द विश्वकपमा सहभागी हुनको लागि टिम डाक्टर बनेर अमेरिका पुगेको खुलासा भएको हो।

विभिन्न मिडियाहरुले चन्द टिम डाक्टर बनेर अमेरिका पुगेको खुलासा गरेका छन्। चन्द नेपाली क्रिकेट टोलीको मेडिकल सम्हालेर टोलीसँगै अमेरिका पुगेको थाहा हुन आएको छ।

टी-२० विश्वकपका लागि २५ सदस्यीय टोली हुनुपर्ने प्रावधान रहेको छ। टोलीमा १५ खेलाडी अनिवार्य हुनुपर्छ भने अन्य व्यवस्थापकीय व्यक्तिहरु पनि सहभागी रहन्छन्।

उनी टिम डाक्टर भएर अमेरिका गएको नेपाल न्युज बैंकले जनाएको छ। नेपाल न्युज बैंकका अनुसार क्यान उपाध्यक्ष रोशन सिंहका अनुसार चन्द नेपाली क्रिकेट टोलीको मेडिकल सम्हालेर टोलीसँगै अमेरिका उडेको बताएका छन्।

सो सम्बन्धमा नेपाल न्युज बैंकले सिंहसँग सम्पर्क गरेको बताइएको छ। उनीसँगको कुराकानी पश्चात चन्द मेडिकल टोलीको सदस्य बनेर अमेरिका पुगेको खुलासा भएको बताइएको छ।

“आईसीसीको गाइडलाइन अनुसार टोलीमा एकजना डाक्टर अनिवार्य हुनुपर्ने भनिएको थियो। मैले अध्यक्षलाई २५ जनाको कोटामा नजान आग्रह गरेको थिएँ। मैले बोर्डबाट निर्णय गराएर अध्यक्षको कोटामा जानुभन्दा मान्नुभएन। अमेरिका गएपछि मलाई फोन गरेर पनि मैले बुझिन सचिवले बर्बाद पार्यो भनेर चन्द दाइले फोन गर्नुभएको थियो। अध्यक्षलाई गुमराहमा पारेर पठाइएको रहेछ। अहिले उहाँले नै आत्मग्लानी महसुस गरिरहनुभएको छ। यसमा दोषी चाँही सचिव नै देख्छु। टिममा डाक्टर नहुँदा उहाँ जानु त डाक्टर कै रुपमा गएको बुझ्नुपर्यो नि।”,उपाध्यक्ष रोशन सिंहले भनेको श्रोतको दावी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *