June 16, 2024

एजेन्सी – अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीले कोपा अमेरिकाका लागि लियोनेल मेस्सीलाई फिट राख्न प्रतियोगिता अगाडीका मैत्रीपूर्ण खेलमा वैकल्पिक खेलाडीको रुपमा मात्र प्रयोग गर्ने भएका छन्।

स्कालोनीले मेस्सीलाई पूर्ण रुपमा फिट राख्नको लागि मेस्सीलाई मैत्रीपूर्ण खेलहरुमा पूरा समय नखेलाउने भएका हुन्। सोमबार बिहान अर्जेन्टिनाले शिकागोको सोल्जर फिल्डमा आइतवार हुने इक्वेडरविरुद्ध खेल्दैछ।

सो खेल अगाडीको पत्रकार सम्मेलनका क्रममा स्कालोनीले मेस्सी खेल्ने पुष्टि गरे। तर त्यसक्रममा उनले मेस्सी सोमबार बिहान इक्वेडरविरुद्ध पूरा समय नखेल्ने पनि स्पष्ट पारे।

स्कालोनीका अनुसार दर्शकले इक्वेडरविरुद्धको खेलमा मेस्सीलाई देख्न पाउनेछन्। मेस्सीले ३० मिनेट, ६० मिनेट खेल्न सक्ने उनको भनाई छ। त्यसक्रममा उनले मेस्सी खेलेको देख्न पाउनु दर्शकहरुका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा रहेको बताउन छुटाएनन्।

“मानिसहरूले मेस्सीलाई भोलि देख्न सक्नेछन्। उनले पक्कै पनि केही समय खेल्नेछन्। हामी प्रत्येकलाई खेलाडीलाई फिट राख्ने प्रयासमा हुने छौँ। मेस्सीले खेल्नेछन् भन्ने म कल्पना गर्छु। पूरै खेल, ३० मिनेट, ६०, जे होस् उनले खेल्नेछन्।”,स्कालोनीले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *