June 14, 2024

काठमाडौँ – राष्ट्रिय क्रिकेट टोलीक महत्वपूर्ण खेलाडी सन्दीप लामिछाने वेस इन्डिज पुगेका छन्। आइसीसी टि-२० विश्वकपमा सहभागी हुनको लागि सन्दीप वेस्ट इन्डिज पुगेका हुन्।

सन्दीपले आफू वेस्ट इन्डिज पुगिसकेको जानकारी गराएका छन्। उनले सामाजिक संजाल मार्फत सोमबार बिहान एक पोस्ट राख्दै आफू वेस्ट इन्डिज पुगेको जानकारी दिएका हुन्।

सामाजिक संजाल मार्फत उनले अमेरिकाको भिसा पाउन नसकेपनि नेपाल सरकार, परराष्ट्र मन्त्रालय, खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, र नेपाल क्रिकेट संघ (क्यान)ले गरेको प्रयासका लागि धन्यवाद दिएका छन्।

उनले लेखेका छन्,”मलाई अमेरिकाको भिसा प्राप्त गर्न सहयोग गरेकोमा सर्वप्रथम म नेपाल सरकार, परराष्ट्र मन्त्रालय, खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, र नेपाल क्रिकेट संघ (क्यान) लाई धन्यवाद दिन चाहन्छु तर दुर्भाग्यवश त्यो सफल हुन सकेन”

सन्दीपले सामाजिक संजालमा वेस्ट इन्डिजमा अन्तिम दुई खेलका लागि राष्ट्रिय टोलीमा आबद्ध भएर आफ्नो सबै क्रिकेट प्रेमीहरूको सपना पूरा गर्न आफू तत्पर रहेको पनि बताएका छन्।

“तर ती सबै कुरालाई पन्छाएर, म अब वेस्ट इन्डिजमा अन्तिम दुई खेलका लागि राष्ट्रिय टोलीमा आबद्ध छु र मेरो सपना र सबै क्रिकेट प्रेमीहरूको सपना पूरा गर्न तत्पर छु। मेरो सहयात्रालाई सम्भव बनाउनका लागि हाम्रा अध्यक्ष चतुरबहादुर चन्द सर, सचिव तथा मेरो प्यारो पारस खड्का दाइ, मेरो वकिल सरोज घिमिरे दाइ, विनोद दास दाइ र प्रबल दाइ र प्रिय बालकृष्ण दाइलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।”,सन्दीपले लेखेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *