June 25, 2024

DALLAS, TEXAS - JUNE 04: Sompal Kami of Nepal celebrates with team mates after taking the wicket of Michael Levitt of The Netherlands during the ICC Men's T20 Cricket World Cup West Indies & USA 2024 match between Netherlands and Nepal at Grand Prairie Cricket Stadium on June 04, 2024 in Dallas, Texas. (Photo by Matt Roberts-ICC/ICC via Getty Images)

काठमाडौँ – अमेरिका र वेस्ट इन्डिजमा जारी आइसीसी टि-२० विश्वकपको दोस्रो खेलका लागि नेपाली राष्ट्रिय टोली बुधबार बिहान एक्सनमा उत्रँदैछ।।

विश्वकपको दोस्रो खेलमा नेपाल बुधबार बिहान श्रीलंका विरुद्ध एक्सनमा उत्रन लागेको हो। नेपाल र श्रीलंका बीचको खेल फ्लोरिडाको सेन्ट्रल ब्रोवार्डरिजनल पार्कमा हुनेछ।

नेपाल र श्रीलंकाका सिनियर टोली अहिले सम्म आमने-सामने भएका छैनन्। दुई टोली सिनियर स्तरमा आमने-सामने हुन लागेको यो पहिलो पटक हो। उमेर समूहमा नेपाल र श्रीलंका पटक-पटक भेट भैसकेका छन्।

श्रीलंकाले विश्वकपको सुरुवाती दुई खेल मध्ये दुवै खेलमा पराजय भोगिसकेको छ। श्रीलंका दक्षिण अफ्रीका र बंगलादेशसँग पराजित भएको थियो। त्यस्तै नेपालले भने जारी विश्वकपमा एक खेल मात्र खेलेको छ।

नेपाल विश्वकपको पहिलो खेलमा नेदरल्याण्डससँग पराजित हुन पुगेको थियो। बुधबार बिहान नेपाल र श्रीलंका दुवै विश्वकपको पहिलो जितको खोजिमा हुनेछन्।

नेपाल र श्रीलंका बीचको खेल नेपाली समय अनुसार बिहानको ५ बजेर १५ मिनेटमा सुरु हुनेछ। खेल आइसीसीको आधिकारिक वेबसाइट र मोबाइल एपमा निशुल्क हेर्न सकिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *