June 16, 2024

काठमाडौँ – स्टार क्रिकेटर सन्दीप लामिछाने आइसीसी टि-२० विश्वकपमा सहभागी हुने भएपछि नेपाली क्रिकेट प्रेमी उत्साहित छन्। यो उत्साह नेपाली राष्ट्रिय क्रिकेट टोलीमा पनि छ।

अमेरिकाले भिसा नदिएपनि सन्दीप वेस्ट इन्डिजमा हुने दुई खेलमा सहभागी हुनेछन्। सन्दीप त्यसका लागि वेस्ट इन्डिज पुगिसकेका छन्। सन्दीप वेस्ट इन्डिज पुगेपछि क्रिकेट टोलीका खेलाडीहरु धेरै उत्साहित देखिएका छन्।

नेपाली क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले नेपाली टिममा स्पिनर सन्दीप लामिछाने जोडिनुले धेरै फाइदा हुने बताए। श्रीलंकाको सामना गर्नु अगाडीको पत्रकार सम्मेलनका क्रममा पौडेलले त्यस्तो बताएका हुन्।

पौडेलले वेस्टइण्डीजको पिच स्पिन बलरका लागि धेरै नै राम्रो रहेको र विकेट टेकर बलर लामिछाने टिममा भित्रिएकाले लामिछानेको अनुभव र उत्कृष्टतामा नेपाललाई झनै खेल जित्ने अवसर हुने बताए।

त्यसक्रममा पौडेलले श्रीलंकालाई हराउने अवसर नेपालसामु रहेकाले सोहीअनुसार खेल्ने रणनीति बनाएको बताउन छुटाएनन्। १४० रन सम्मको स्कोर बनाउने टिमले जीत हात पार्ने उनको भनाई छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *