October 18, 2024

काठमाडौं । गत बुधबार दुर्घटना भएको सौर्य एयरलाइन्सको जहाजका पाइलट आफैं विमानबाट निस्किएको खुलेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको नयाँ तस्वीरमा उनी आफैं दुर्घटनाग्रस्त विमानबाट निस्किएर सुरक्षाकर्मीतर्फ गइरहेको देखिन्छ ।

सो विमान आकाशबाट झरेपछि कन्टेनरमा ठोक्किएर दुई टुक्रा भएको थियो । पाइलट रहेको ककपिटतर्फको भाग कन्टेनरभित्र परेको थियो भने पछिल्लो भाग उछिट्टीएर एक सय मिटर टाढा पुगेको छ ।

ककपिट छुट्टिएका कारण पाइलट शाक्य बाँच्न सफल भएका हुन् । ककपिटमा ढिला मात्र आगो लागेको थियो । उनी दुर्घटनाग्रस्त विमानबाट निस्किएलगत्तै सुरक्षाकर्मीले उनलाई त्यहाँबाट अस्पताल पुर्याएका थिए ।

सिनामंगलस्थित नेपाल मेडिकल कलेजमा उनको उपचार भइरहेको छ । शुक्रबार उनलाई आइसियुबाट सामान्य क्याबिनमा सारिएको डा.मिना थापाले जानकारी दिइन् ।

१९ जना सवार रहेको सो विमानमा पाइलट शाक्य मात्र बाँच्न सफल भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *