काठमाडौँ । एयर डाइनेस्टीको हेलिकप्टर बुधबार दिउँसो १ बजेर ५४ मिनेटमा काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको खुलेको छ । नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएको जनाएको छ ।
नुवाकोटको शिवपुरी गाउँपालिका ७ स्थित गुर्जेमा भएको दुर्घटनामा ४ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
दुर्घटनाग्रस्त हेलिकप्टरमा को–को थिए यात्रु ? (सूची)
धबार दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकप्टरमा पाँच जना सवार रहेको खुलेको छ । काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको ९एन एजेडी हेलिकप्टर नुवाकोटको शिवपुरी डाँडामा दुर्घटना भएको हो ।
हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । हेलिकप्टरमा अन्य चार जना चिनियाँ पर्यटक सवार थिए ।
चिनियाँ पर्यटकमा जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु –महिला) र जेमिङ सी (पुरुष) रहेका छन् । हालसम्म चार जनाको शव फेला परेको बताइएको छ ।