May 18, 2024

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अनुभवी बलर सोमपाल कामिले नेपाललाई महत्वपूर्ण सफलता दिलाएका छन्। ओमानमा जारी एसीसी प्रिमियर कपको तेस्रो स्थानका लागि हङकङ विरुद्धको खेलमा सोमपाल कामिले नेपालले महत्वपूर्ण सफलता दिलाएका हुन्।

सोमपालले नेपाल विरुद्ध हावी हुन सक्ने बाबर हायातको विकेट लिए। ११ औं ओभरको चौंथो बलमा सोमपालको बलमा बाबर कुशल भुर्तेलबाट क्याच आउट भए।

बाबरको विकेट हङकङ विरुद्धको खेलमा सोमपाल र नेपालका लागि तेस्रो थियो। सोमपालले कुल ३ ओभर बलिङ गर्दा २१ रन खर्च गरेर ३ विकेट लिए।

टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रन बनाएको थियो। नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २९ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४४ रन बनाएका थिए।

नेपालको प्लेइङ ११:

कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल (कप्तान), कुशल मल्ल, गुलशन झा, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, अभिनाश बोहोरा, ललित नारायण राजवंशी

Leave a Reply

Your email address will not be published. Required fields are marked *