May 19, 2024

काठमाडौँ – ओमानमा जारी एसिसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपाल र युनाइटेड अरब इमिरेट्स(युएई) आमने-सामने हुँदैछन्। एसिसी प्रिमियर कपको फाइनलमा स्थान बनाउन नेपाल र युएई आज आमने-सामने हुन लागेका हुन्।

नेपाल र युएई बीचको खेल नेपाली समय अनुसार ११ बजेर ४५ मिनेटमा सुरु हुनेछ। नेपाल समूह ‘ए’को विजेता हो भने युएई समूह ‘बि’को उपविजेता रहेको छ।

प्रिमियर कप अन्तर्गत समूह चरणका सबै खेल जित्दै नेपाल विजेताका रुपमा सेमिफाइनल पुगेको हो भने युएईले समूह चरणमा तीन खेलमा जित निकाल्दा एक खेलमा पराजय भोगेको थियो।

नेपालले समूह एको पहिलो खेलमा नेपालले मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन, हङकङलाई ८ विकेट र अन्तिम खेलमा साउदी अरेबियालाई ६ विकेटले पराजित गरेको थियो।

युएईले घरेलु टोली ओमानसँग पराजय भोगेको थियो। ओमानसँग ९ विकेटले पराजित युएईले बहराइनलाई ३७ रनले हराएको थियो। यस्तै कुवेतलाई सात विकेटले हराएको थियो भने कम्बोडियामाथि ९ विकेटको निकालेको थियो।

आज हुने खेलमा दुवै टोली जित निकाल्ने दाउमा हुनेछन्। एसिया कपको ढोका खोल्नको लागि कुनै पनि हालतमा फाइनल पुगेर जित्नु पर्ने हुन्छ। दुवै टोली आज जित निकाल्दै फाइनल पुग्ने योजना सहित मैदानमा उत्रनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *